चीनबाट उद्धार गरी ल्याइएका नेपाली खरिपाटीमा

639
views

काठमाडौं, ४, फागुन । चीनबाट उद्धार गरेर ल्याइएका १७५ जनालाई आइतबार खरिपाटी र्पुयाइएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षणका क्रममा उनीहरु कसैमा पनि सक्रमणको लक्षण नदेखिएपछि खरिपाटीस्थित सरकारले व्यवस्था गरेको क्वारेन्टाइनमा राखिएको छ ।

उनीहरु सबैलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने छ । उद्धार गरिएकाहरुलाई विमानस्थलबाट खरिपाटीसम्म र्पुयाउन पाँच वटा बस र एउटा एम्बुलेन्स प्रयोग गरिएको थियो । ती गाडीहरुलाई प्रहरीले स्कर्टिङ गरेको थियो ।

खरिपाटीमा राष्ट्रिय प्रयोगशालाका स्वास्थ्यकर्मीहरुको निगरानीमा उनीहरुलाई राखिने छ । क्वारेन्टाइन बसाईको क्रममा कुनै शंका लागेमा उनीहरुलाई बिभिन्न अस्पतालमा बनाइएको आइसोलेसन वार्डमा राखेर उपचार गरिने व्यवस्था मिलाइएको छ ।

खरिपाटिमा उनीहरुलाई उच्च सर्तकताका साथ निगरानीमा राखिने छ भने क्वारेन्टाइन बाहिरसमेत विशेष सुरक्षा मिलाइएको छ ।