दैलेखमा विद्यालयका प्रधानाध्यापक र अध्यक्ष घुससहित पक्राउ

746
views

दैलेख १६,फागुन ।   जिल्लाको नौमुले गाउँपालिकामा तिसहजार रुपैयाँ घुस सहित दुइजनालाइ पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई घुससहित पक्राउ गरेको हो ।

नौमुले गाउँपालिकाको मुकाम नौमुले गाउँपालिका १ नौमुले बजारमा रहेको भैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक नगेन्द्रबहादुर सिंह र अध्यक्ष गगनबहादुर बस्नेतलाई बिहीबार दिउँसो ३० हजार रुपैयाँ
घुस रकम लिइसकेको अवस्थामा प्रअ सिंहलाई नौमुले गाउँपालिका–१ मा स्थित एनएमबी ब्यांकको शाखा प्रबन्धकको कार्यकक्षबाट नियन्त्रणमा लिइएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको सापकोटाले जानकारी दिए ।

विद्यालयका शिक्षकबाट चौमासिक तलव र दशैं खर्च रकम उपलब्ध गराउन पटक पटक माग गर्दा उल्टो घुस माग्ने गरेपछि विशेष सूचनाको आधारमा अख्तियारको टोलीले छापा मारेको जनाइएको छ। अख्तियारले उनीहरुलाई पक्राउ गरि थप अनुसन्धानका लागि बिहीबार दिउँसो नै सुर्खेत लगेको छ।