एमसीसी चिन सिध्याउने अमेरिकी रणनीति हो, पारित गर्न हुँदैन : गृहमन्त्री थापा

24696
views

निर्मल पौडेल
पर्वत, १८, फागुन । नेपाल सरकारका गृहमन्त्री रामवहादुर थापा वादलले एमसिसी चिनलाई सिध्याउने रणनिती भएको वताएका छन् । आईतवार जिल्ला प्रशासन कार्यलय पर्वतको भवन उद्घाटन गर्न आउने क्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्वतको कार्यलयमा आयोजना गरिएको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम लाई सम्वोधन गर्दै थापाले यस्तो वताएका हुन् । अमेरिकाले सहयोगको नाममा नेपालमा ५० करोड अमिरिकी डलर अनुदान दिएर नेपाललाई चिन सिध्याउने रणभुमी वनाउन खोजीएको भन्दै संसोधन विना कुनैपनी हालतमा पास नहुने जिकीर गरे ।

थापाले इन्डो प्यासेफिक चिनलाई घेरावन्दी गर्ने र विश्व जगतमा चिन लाई १ नम्वर शक्तिशाली मुलुक हुन नदिने नीति भएको वताउँदै एमसिसी इन्डो प्यासेफिककै मातहत भएको वताए । अमेरीकाले नेपालमा विकास गरीदिन अनुदान सहयोग नगरेको भन्दै आफ्नो र्वशच्व जमाउन र साम्राज्यवाद विस्तार गर्न कै लागी एमसिसी ओजना अगाडी वढाएको वताए । चिन आसपासका छिमेकी मुलुकहरुलाई कुनै न कुनै किसिमवाट प्रभाव पार्ने र आफ्नो सैन्य देखी कानुनी तथा नीतिगत रुपमा छत्रछायाँमा पारी चिनमा प्रहार गर्ने दीर्घकालिन योजना एमसिसी भएको वताए ।

फरक प्रसंगमा वोल्दै थापाले राष्ट्रिय सभा सदस्य मनोनयनको कुराले सिंगो पार्टी भित्र र वाहिर तरङ्ग ल्याएको भन्दै २ जना मात्र सदनमा नभएकोले उनीहरु लाई पनी सदनमा लैजानुपर्छ भनेर केन्द्रीय नेत्तृत्व अगाडी वढेको वताए । वामदेव गौतमको विषयमा वोल्दै एक जना व्याक्तीको स्वार्थको लागि संविधान संसोधन गर्न नहुने र संविधान विपरीत हुने भन्दै छुट्टै कार्यदल गठन गरेर समाधान गर्न खोज्दा कार्यदल नै भङ्ग भएपछी सचिवालयले राष्ट्रिय सभामा पठाउने निर्णय गरेको वताए ।

अर्थ मन्त्रालय र अर्थ मन्त्रीको सवालमा नयाँ अर्थमन्त्री ल्याउनुभन्दा युवराज खतिवडा लाई नै पुन निरन्तरता दिनुपर्ने पक्षमा प्रधानमन्त्रीको मत रहेको थापाको भनाई थियो । खतीवडा अर्थविज्ञ भएको र उहाँकै कार्यकालमा आर्थिक वृद्धिदर ७ प्रतिशत भन्दा माथी ल्याउन सफल भएको भन्दै मुलुक लाई यही सरकारको पालामा १० प्रतिशत भन्दा माथि ल्याउने मुलुकको सुचीमा पु¥याउनुपर्ने थापाको जिकिर थियो ।

निवर्तमान सञ्चारमन्त्री गोकुल वास्कोटा प्रकरण, वालुवाटार ललितानिवास प्रकरण लगायतका विभिन्न मुद्दाहरुमा विभिन्न व्याक्तिहरुको नाम झुण्डिएको ले सिङ्गो पार्टीको छवीमा आँच आएकोमा दुख व्यक्त गर्दै छानविन प्रकृया वाट सत्यतथ्य वाहिर आउने जिकीर गरे । भ्रष्टचार गर्ने जोकोहीलाई छुट नहुनेमा जोड दिँदै दलाल सामन्तवाद र तस्करहरुलाई घोक्रेठ्याक लगाउनेमा थापाले जोड दिए । पार्टिभित्र गुट उपगुट र अन्तरसंघर्ष चलिरहेको भन्दै यसको अन्त्य गर्दै नयाँ जनवादी समाजवादी क्रान्ति गर्दै मुलुकलाई अगाडी वढाउन नेत्तृत्व लाग्नुपर्ने थापाको जिकिर थियो ।

गणतन्त्र स्थापना देखी यता मुलुकमा नयाँ ढङ्गले वर्गसंङ्घर्ष चलिरहेको भन्दै नयाँ दुश्मन ,नयाँ वाधा व्यवधान नयाँ सत्रुहरुको विच सङ्घर्ष चलिरहेको भन्दै समाजवादको आधार निर्माण गर्नका लागि सरकारले नयाँ योजना ल्याएको वताउँदै राष्टिय पुँजीको संञ्चय गर्ने,वृद्धि गरेर औधोगीकरण गर्ने कृषीको व्यावसायिकीकरण गर्ने र समाजवादको लागि अन्य वस्तुगत भौतिक पुर्वाधारका आधारहरु निर्माण गर्ने दिशातर्फ वर्तमान सरकार अग्रसर भएको थापाको दावी थियो । कार्यक्रममा नेकपाका केन्द्र,प्रदेश तथा स्थानिय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।