खुमलटार विजयी, बराबरीमा टुसाल र टोखा

819
views

काठमाडौं । श्री कुमारी क्लबलाई ३–१ ले हराउँदै खुमलटार युथ क्लब सहिद स्मारक बी डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

एन्फा कम्प्लेक्स सातदोवाटोमा हिजो भएको खेलमा खुमलटारलाई विजयी गराउन कप्तान सबिन केसीले ह्याट्रिक गरे ।

पराजित टोली श्री कुमारीका मिशन लामाले एक सान्तोना गोल फर्काए । जितसँगै खुमलटारले ५ खेलबाट १३ अंक जोडेको छ । श्री कुमारी ३ अंक जोडेर लिगको दशौैं स्थानमा रहेको छ ।

बि डिभिजन लिग फुटबलमा हिजो भएको दोस्रो खेलमा टुसाल युथ क्लबले टोखा श्री भगवती क्लबसँग १–१ गोलको बराबरी खेलेको छ ।