लामो दुरीको यातायात बन्द

655
views

काठमाडौं, १० चैत्र । सरकारले आजबाट लागू हुने गरी लामो दुरीका यात्रुवाहक सवारी चल्नमा रोक लगाएको छ । लामो दुरीको यात्रुवाहक सवारी साधन बन्द गरिएपछि अहिले राजमार्गहरुमा सवारी साधन कममात्र चलेका छन् । अत्यावश्यक सवारी साधान र मालवाहक सवारी भने सुचारु छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गरी कोरोना भाइरसको जोखिमबाट बच्न लामो दुरीका सवारी साधन बन्दको घोषणा गरेका थिए । काठमाडौं उपत्यकाभित्र चल्ने छोटो दुरीका यात्रुवाहक सवारीमा कुनै रोक छैन ।