भारतमा १० हजार बढीमा कोरोना संक्रमण

964
views

काठमाडौं, २, बैशाख । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्या १० हजार नाघेको छ । यहाँका कुल संक्रमितको संख्या १० हजार ३ सय ६३ पुगेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट ३ सय ३९ जनाको मृत्यु भएको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै यो संक्रमणका कारण ३१ जनाको मृत्यु भएको छ ।

भारतको महाराष्ट्रमा एक सय ६० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ भने दुई हजार तीन सय भन्दा बढीमा संक्रमण देखिएको छ । मध्य प्रदेशमा ४३, दिल्लीमा २८ र गुजरातमा २६ जनाको मृत्यु भइसकेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।