नेपाललाई मर्यादित महिनावारी देश बनाउने घोषणा

1243
views

सीताराम थापा । महिनावारीलाई मर्यादा केन्द्रित रही सम्बोधन गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज विद्युतीय गोष्ठी (वेबिनार) आयोजना दक्षिण गोलार्दिय मर्यादित महिनावारी सञ्जालको सहकार्यमा महिनावारी महिना र राष्ट्रिय महिला अधिकार दिवस पारेर गोष्ठी आयोजना गरिएको छ ।

गोष्ठीमा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले महिनावारी सम्बन्धमा महिनावारी सामाजिक कलंकको रूपमा चित्रण गरिएको नेपाललाई मर्यादित महिनावारीको देशको रूपमा स्थापित गराउन सबैको सहकार्यमा सरकार लागि परेको बताएका छन । विद्यमान परम्परागत दृष्टिकोण परिवर्तन गर्दै मर्या्दित महिनावारीको बृहत अभियानमाथि प्रकाश पार्दै उनले महिनावारी सम्बन्धी रहेर भएका गलत ज्ञान, धारणा र व्यवहारले महिलामाथि लैगिक विभेद, असमानता र हिंसा सिर्जना गरेको बताउँदै नेपाल सरकारलाई यस्तो मान्यतामा परिवर्तन ल्याउन वास्तविक रुपमा लागि पर्नेमा जोड दिए ।

मन्त्री गुरुङले मन्त्रालयले छाउपडी गोठ न्युनिकरण गर्दै मन्त्रालयका यस सम्बन्धित नीति र कार्यक्रममा मर्यादित महिनावारी मूलप्रवाहीकरण थालनी गरिरहेको जानकारी दिए । उनले यस क्षेत्रमा क्रियाहिल राधा पौडेलको भूमिकाले सहयोग गरेको बताए ।

मन्त्रालयका सचिव यमकुमारी खतिवडाले महिनावारी बार्ने चलन निम्त्याएका सबै लैंगिक विभेद र हिंसा लगायत सबैखाले हानिकारक अभ्यासहरुले निम्त्याउने लैंगिक हिंसाविरुद्द मन्त्रालय सदैव प्रतिबद्द रहेको जानकारी दिइन् । उनले मर्यादित महिनावारी बनाउन सामाजिक संस्था र पुरुषलाई पनि सक्रिय सहभागिता बढाउन जोड दिईन् ।

त्यसैगरी मर्यादित महिनावारीकी अग्रणी तथा दक्षिण गोलार्दर्दिय मर्यादित महिनावारी सञ्जालकी संस्थापक राधा पौडेलले कार्यपत्र प्रस्तुत गर्दै नेपाल लगायत संसारभर नै महिनावारी सम्बन्धमा विद्यमान धारणा र अभ्यासहरुले मानव अधिकारका विभिन्न सिद्धान्त हनन गरेको प्रस्तुति गरिन् ।

यस्तो अभ्यास लैंगिक विभेद र हिंसाको मूलकारण भएको भन्दै उनले लैंगिक विभेद र हिंसा रोकथाम गर्न मर्यादित महिनावारी अत्यन्तै महत्वपूर्ण भएको बताइन् । उनले मर्यादित महिनावारीलाई सबै सवनल संग अन्तर सम्बन्धित जोडेर लगियमा उपलब्धि हुने बताईन् । सरकारले मर्यादित महिनावारीको बृहत् अभियान नेतृत्व र सहकार्य गरेकोमा उनले धन्यवाद दिइन् ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष माननीय अनुपराज शर्माले महिला मानव अधिकारका लागि मर्यादित महिनावारीमा प्रकाश पारे । उनले सबै जाती समुहमा अध्ययन गरि बृहत योजना बनाई कार्यान्वउनमा जोड दिए ।

कार्यक्रममा सामाजिक विकास समिति अध्यक्ष निरुदेवी पाल, प्रदेश सांसद मञ्जु यादव, सांसदहरु पार्वती विशुङ्खे, डा. बिन्दा पाण्डे, डा. विमला राई पौडेल, अभियन्ता महेश नेपाली, बन्दना राणा लगायत २० देशबाट झन्डै ४ सय सहभागीहरुले भाग लिएका थिए ।

मन्त्रालयले महिनावारीका कुरा, मर्यादा केन्द्रित भए मात्र हुन्छ पूरा (Menstrual Talk, Dignity First) नारामा केन्द्रित रहेर जेठ १३ देखि १५ सम्म आयोजना गरेको अन्तराष्ट्रिय मर्यादित महिनावारी कार्यशाला गोष्ठी कोरोना भाइरसका कारण पछि गर्ने गरि सेमिनार आयोजना गरेको हो ।

मन्त्रालयले मन्त्रीकै नेतृत्वमा मर्या्दित महिनावारीमा सुदूरपश्चिम, कर्णाली र बाग्मती प्रदेशमा बृहत् अन्र्तक्रिया गर्दै विभिन्न कामहरु गर्दै आएको छ । मर्यादित महिनावारी मूलप्रवाहीकरण गर्न मन्त्रालयले सम्पूर्ण सरोकारवालालाई अपिल गर्दै भावि दिनमा निरन्तरतर अघि बड्न आब्हान गरेको छ ।