धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

534
views

धरान, ३, काठमाडौं । वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा उपचारत मोरङको बुढिगंगा गाँउपालिका–२ की ६७ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । विराटनगरको विराट मेडिकल कलेजबाट रेफर भएर प्रतिष्ठान भर्ना भएकी उनको गएराति निधन भएको हो ।

मृत्यु भएकी महिला मंगलबार बिहान २ बजे वीपी प्रतिष्ठानकामा भर्ना भएको प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । अत्याधिक ज्वरो र खोकी लाग्नका साथै श्वास प्रस्वासमा समेत गम्भीर समस्या भएका कारण उनको मृत्यु भएको डा. सापकोटाले बताए ।