कोरोना संक्रमितको संख्या दुई करोड ३८ लाख नाघ्यो

570
views

काठमाडौं, ९, भदौ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ३८ लाख सातसय ४३ पुगेको छ ।

आज विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठलाख १६ हजार पाँच सय ३५ पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ६३ लाख ४७ हजार नौ सय २३ नाघेको छ ।

गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ ।

अमेरिकामा मात्र एक लाख ८१ हजार ९७ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । सोमबार मात्रै अमेरिकामा चार सय ९३ जनाको कोरोेनाबाट मृत्यु भएको छ ।

त्यस्तै,ब्राजिलमा एक लाख १५ हजार चार सय ५१ जनाको ज्यान गएको छ । सोमबार ब्राजिलमा कोरोनाबाट ६ सय ७९ जनाले ज्यान गुमाए । भारतमा ५८ हजार पाँच ४६ जनाले कोरोनाका कारण गुमाईसकेका छन् ।सोमबार भारतमा कोरोनाबाट आठ सय ५४ जनाले ज्यान गुमाए ।

आजसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म १८ हजार आठ सय ६ जनाले कोरोना जितेका छन भने एक सय५७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।