कालिकोटमा पहिरोमा पुरिएर एक बालकको मृत्यु,दुइको जिवितै उद्धार

383
views

सुर्खेत । आइतबार विहान अविरल वर्षाका कारण कालिकोटमा पहिरो जादा एक जनाको मृत्यु भएको छ ।

 

कालिकोटको तिलागुफा नगरपालिका वडा नं १ को नाग्मा बजार नजिकै पहिरो जादा वडा नं १ का पाँच वर्षिय बालक निराजन शाहीको मृत्यु भएको र अन्य दुइजनालाई जिवितै उद्धार गरिएको जिल्ला प्रशासन कार्यलय कालिकोटका प्रमुख चन्द्र प्रसाद गैरेले बताए ।

अविरल वर्षाका कारण आइतबार विहान १० बजे घर माथिबाट खसेको पहिरोले पाँचवटा घरहरु पुरिएको अनुमान गरिएको प्रमुख गैरेले बताए ।

प्रमुख गैरेका अनुसार अहिले सुरक्षाकर्मी र उद्धार टोली घटना स्थलमा पुगिसकेको र नेटवर्कको समस्याका कारण थप जानकारि आइ नसकेको बताए । उनले भने‘ पहिरोमा परि एक जनाको ज्यान गएको र दुइजनालाई जिवितै उद्धार गरि उपचारको लागि जुम्लातिर पठाइएको छ ।’

अहिले पहिरो गएको ठाउँमा स्थानिय र उद्धार टोली खटिसकेको र थप समस्या आएमा हेलिकप्टरको माध्यामबाट उद्धार गर्नका लागि जिल्ला प्रशासन तयारि अबस्थामा रहेको प्रमुख गैरेले जानकारि दिए ।