बागलुङ ढोरपाटनका १४ जनामा कोरोना पुष्टि

702
views

सीताराम थापा
बाग्लुङ, ५, असोज । गण्डकी प्रदेसमा आ.व. मात्र ३८ जना र बागलुङमा मात्र १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मी सहितलाई समुदायमा कोरोना देखिनु दुःखद हो । पोखरा स्वास्थ्य निर्देशनालयको विज्ञप्ती अनुसार ३८ जना मध्ये १४ जना बागलुङ, १७ जना तनहुँका ४ जना कास्की, २ जना स्याङजा र गोरखाका १ जनामा कोरोना पुष्टि भएको छ ।

गण्डकी प्रदेस कोरोना रोकथाम निर्देशक डा. बिनोद बिन्दु शर्माका अनुसार समुदायमा र भारतबाट आएका १२ देखि ३६ बर्ष उमेरका बढि र ७२ बर्षसम्म उमेरकालाई कोरोना देखिएको छ । बागलुङको ढोरपाटन नगरपालिकाले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा बनाएको अस्थायी कोभिड अस्पतालका तीन जना र निजी मेडिकलमा काम गर्ने दुई जना स्वास्थ्यकर्मी छन ।

यसैगरी दुईजना नगरपालिकाका कर्मचारी, एक जना नेपाल बैंक बुर्तिबाङ शाखाका कर्मचारी, दुईजना होटल व्यवसायी र अर्का एक जना इलेक्ट्रिक पसल गर्ने व्यवसायी हुन् । बाँकी सबै भारतबाट आई क्वारेन्टाईनमा रहेका व्यक्ति भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमितमध्ये ७ जना पुरुष र ७ जना महिला हुन् । भदौ १७ गतेको बाढीपहिरोको ढोरपाटनमा राहत लिएर जानेहरुको ठुलो भीड लाग्नाले पनि जोखिम बढेको बताईन्छ। लाग्ने गरेको छ ।

संक्रमित सबैलाई आईसोलेसन लैजाने तयारी छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३ हजार ७ सय ७८ पुगेको छ ।