चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

564
views

भरतपुर, २७, असोज । चितवनमा आज गए राति थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर महानगरपालिका–१० का ७८ वर्षीय पुरुषको राति ८ः१० बजेको समयमा मृत्यु भएको अस्पतालका संचार संयोजक डा.किशोर अधिकारीले जानकारी दिनु भयो ।

यही असोज २३ गते कोरोना पुष्टि भएका ती पुरुष २४ गते अस्पताल भर्ना भएका थिए । कोभिड आइसीयूमा उपचाररत उनको राति मृत्यु भएको हो । योसंगै चितवनका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ जना पुगेको छ ।