बम र भूकम्पले ध्वस्त बनाएको सरकारी विद्यालय

1860
views

बागलुङ । बागलुङ जिल्लाको जैमीनी नगरपालिका वडा नं ८ छिस्तिमा २०३१ सालमा स्थापना भएको श्री जनकल्याण माध्यमिक विद्यालय भवन रहेको भौगोलिक संरचना निकै मनमोहक छ ।

करीब चारसय विद्यार्थीले अध्ययन गर्ने उक्त सरकारी विद्यालयमा तात्कालिन माओवादीले २०५४ सालमा राखेको बम विष्फोटले विद्यालय भवनलाई क्षत्क्षित बनाउनुको साथै ०७२ सालको भूकम्पले प्रभावित पारेको विद्यालय हो ।

भूकम्प र बमले ध्वस्त बनाएको भवनको विभिन्न समयमा भएका प्रहरी मुचुल्का, क्षतिग्रस्त कागजात प्रमाणहरु राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान ब्यवस्थापन तथा स्थानिय पुर्वाधार बाग्लुङले गायब गरिदिएपछि लाभग्राही विद्यालयमा समेत पर्न नसकेको प्रधानाध्यापक शंकर पौडेलको भनाई छ ।

राज्यको दायित्वमा रहेको विद्यालय भवन निर्माण स्थानीय सरकार, प्रदेश सरकार तथा केन्द्रिय सरकारले समेत वेवास्था गरेको छ ।

तस्विरः प्रकाश शर्मा