नेष्डो नेपालको ३० औं बार्षिकउत्सव, साताव्यापी कार्यक्रमको शुभारम्भ

174
views

नवदृष्टि संवाददाता
पर्वत, १६,बैसाख

सामाजिक कार्यमा सक्रिय राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था,नेष्डो नेपालको ३० औं स्थापना दिवसका अवसरमा आईतबारबाट सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ गरिएको छ।
संस्थाको स्थापना दिवस एवम् संस्थाका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईको ५३ औं जन्मोत्सवका अवसरमा वैशाख १६ देखि २२ गते सम्म विभिन्न सामाजिक कार्यक्रम आयोजना गरिएको जनाईएको छ ।
कार्यक्रम अन्तर्गत पहिलो दिन वैशाख १६ गते कुश्माको युनिभर्सल पाटी प्यालेसमा साप्तहिक कार्यक्रम शुभारम्भ गरिएको हो ।
कार्यक्रमको दोस्रो दिन बागलुङमा रहेको मानव सेवा आश्रममा खाद्यान्न सामाग्री तथा मानवीय राहात सहयोग गरिने बताइएको छ ।
तेस्रो दिन जिल्ला अस्पताल पर्वतका बिरामीलाई फलफुल वितरण गरिने र चौथो विश्व मजदुर दिवस रहेकाले विश्व मजदुर दिवस विशेष कार्यक्रम रहने छ ।
पाचौ दिन वैशाख २० गते प्रेस स्वतन्त्रता दिवसका अवसरमा सञ्चारकर्मी अन्तरक्रिया कार्यक्रम संचालन गरिनेछ । त्यस्तै कार्यक्रमको छैठौं दिन शैक्षिक सहयोग, जेष्ठ नागरीक सम्मान तथा गुरु सम्मान कार्यक्रम रहेको छ भने सातौं दिन सामाजिक संस्था अन्तरक्रिया सम्मेलन तथा सप्ताहव्यापी कार्यक्रमको समापन गरिने नेष्डो नेपालका संस्थापक अध्यक्ष प्रसाईले जनाएका छन् ।