मौसमका कारण जनजिवन प्रभावित, सुधार आउन केहि दिन लाग्ने

98
views

नवदृष्टि संवाददाता
पर्वत, १६, बैसाख

वर्षा नभएकाले नेपालका अधिकांश ठा“उहरुको जनजीवन प्रभावित बनेको छ । अत्यधिक गर्मी, बनजंगलमा डडेलो र धुवाधुलोको कारण जनजीवन प्रभवाति बनेको हो । विगत केही दिन देखि देशका अधिकांश भू–भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको मौसममा सुधार आउन अझै केहि दिन लाग्ने मौसम तथा पुर्वाअनुमान महासाखाले जनाएको छ । लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा बिगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ ।
आगामी केही दिन सम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन मौसम तथा पुर्वाअनुमान महासाखाले अनुरोध छ ।
तसर्थ, ती भू–भागहरूमा आगामी ५ दिन (२०८१ बैशाख १६ गते देखि २०८१ बैशाख २० गते) सम्म तातो हावा तथा तातो लहर को सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध हो । त्यसैगरी पहाडी भू–भागका उपत्यका तथा खोचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेकोले सतकर्ता अनपनाउन आग्रह गरेको छ ।
महासाखाले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न निम्न उपायहरू अपनाउन हुन अनुरोध छ ।
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी बस्न नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी संग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत अनुरोध गरेको छ ।