कोरोना सङ्क्रमण फैलिएपछि मादी गाउँपालिकामा बुधबार देखि सार्वजनिक यातायात बन्द

723
views

काठमाडौँ । कास्किको मादी गाउँपालिकामा बुधबार देखि सार्वजनिक यातायात बन्द गरिने भएको छ ।

स्थानिय बिपद ब्यबस्थापन समितीको भर्चुअल बैठकले गाउँपालिकामा कोरोना सङ्क्रमण फैलिएपछि कार्तिक २६ गते बुधबार देखी मङ्सिर २ गते मंगलबार सम्मका लागि सार्वजनिक यातायात संचालनमा रोक लगाउने निर्णय गरेको हो ।

गाउँपालिकाको वडा नम्वर ३ र १० मा गरि २ जनाको ज्यान गएको र समुदाय स्तरमा नै संक्रमण फैलिएकोले एक साताका लागि यातायात संचालनमा रोक लगाईएको तथा गाउँपालिका र मातहतको कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले जानकारी दिनुभयो ।

गाउँपालिकाले मंगलबार सूचना सार्वजनिक गर्दै समुदायमा तीव्र रुपमा संक्रमण देखिएको र थप संक्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गरी न्यूनीकरणका लागि अत्यावश्यक बाहेकका यातायात संचालनमा रोक लगाइएको र गाउँपालिका मातहतको कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको जनाएको हो ।

यस्तै गाउँपालिकाले संक्रमण अत्याधिक फैलिएका वडा नम्वर ९ को नयाँबजार, १० को थुम्सीकोट, ११ को भगवती बजार र १२ को घुम्ले बजार र भगवतीटार क्षेत्र मंसिर ५ गते शुक्रबार सम्म सिल गर्ने र संक्रमण उच्च रहेका क्षेत्रहरुमा एक घर एक ब्यक्ती पिसिआर परिक्षण गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले तिहारको अबसरमा देउसी, भैलो लगायतका सम्पुर्ण कार्यक्रममा रोक लगाउने निर्णय गरेको पालिका भित्रका पर्यटकिय क्षेत्रमा हुने गतिबिधिमा समेत रोक लगाइने भएको छ ।