नेकपा(क्रान्तिकारी) माओवादीको मसाल जुलुस सहित विरोधसभा सुर्खेतमा सम्पन्न

943
views

सुर्खेत । वर्तमान राज्यव्यवस्थाको विकल्पमा संघीय जनगणतन्त्रको स्थापना गरौ भन्ने मुल नाराका साथ बिहीबार बिरेन्द्रनगर सुर्खेतमा ने क पा (क्रान्तिकारी माओवादी) को विरोधसभा सम्पन्न भएको छ ।

ने क पा (क्रान्तिकारी माओवादी), जनवर्गीय संगठन र मोर्चाको आयोजनाामा गरिएको सभामा ने क पा (क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका कर्णाली प्रदेश संयोजक दिपक बहादुर शाहीले भने’ दलाल संसदीय व्यवस्थाका विरुद्धमा नयाँ जनवादी व्यवस्था स्थापना गर्न सम्पुर्ण बुद्धिजीवी, देशभक्त, किसान, मजदुर, विद्यार्थी, महिला लगाएत आम नेपाली उत्पीडीत जनसमुदाय एक जुट हुनका हुनपर्छ ।

देशमा भएको अन्याय अत्याचार, राष्ट्रघात, जनघात, भष्टाचार आदिको अन्त्य गर्नका लागि देशभक्त क्रान्तिकारीहरुले देशव्यापी रुपमा गरेको विरोध सभा अन्तर्गत सुर्खेत जिल्लमा भएको कार्यक्रम माथि प्रहरीले गरेको थुनछेक र दमनको घोर भत्सर्ना गर्दै यस्तो दमनले आन्दोलनलाई अझ बलशाली बनाउने कुरा बताए ।

त्यस्तै सुर्खेत जिल्ला सेक्रेटरी श्याम कार्कीले देश संक्रमणकाल हुँदै संकटकालीन अवस्थामा पुगेको बताउँदै यी शासकहरु र आम जनताको अन्तरविरोधले क्रान्तिकारी शक्तिलाई सहयोग पुग्ने बताए ।

विरेन्द्रनगर सुर्खेतको हुलाकचोकबाट सुरु भएको मसाल जुलुस विरेन्द्रचोक हुदै मंगलगढि चोक पुगेर कोणसभामा परिणत भइ सकिएको थियो ।