असफल संसदीय ब्यवस्थाको विकल्प संघीय जनगणतन्त्र–राउत

625
views

मधुकर थापा
उदयपुर, २५, मंसिर । “वर्तमान राज्यसत्ता, व्यवस्था र सरकारको विकल्पमा संघीय गणतन्त्र“भन्ने मुल नाराका साथ बिहीबार उदयपुरको गाईघाटमा नेकपा (क्रान्तिकारी माओवादी) ले विरोधसभा सम्पन्न गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी), जनवर्गीय संगठन र मोर्चाको आयोजनामा गरिएको उक्त विरोध सभामा पार्टी पोलिटब्युरो सदस्य एवम् १ न.प्रदेश इन्चार्ज मीन कुमार राउत र पार्टी केन्द्रिय सदस्य मोहन सिं तामाङले सम्बोधन गर्नु भएको थियो ।

उक्त सभामा प्रदेश इन्चार्ज मीन कुमार राउतले वर्तमान संसदीय ब्यवस्था असफल भएकोले त्यसको विकल्पमा ओलीको ठाउंँमा प्रचण्ड वा शेरबहादुर हुन सक्दैन, अब त्यसको विकल्पमा संघीय जनगणतन्त्र नै हो भन्नुभयो । भारतले नेपालको भूमी मिच्दा पनि खासै पहल नगरेको बरु उल्टै विस्तारवादी र साम्राज्यवादीको निर्देशनमा नेपाललाई एमसीसी सम्झौताको नाममा उपनिबेश बनाउने खेलमा सरकार लागि परेको उहाँले बताउनु भयो ।

त्यसैगरी के.स.मोहन सिहं तामाङले उक्त विरोध सभामा कम्युनिस्ट नामधारी वर्तमान सरकारको राष्ट्रघाती, जनघाती र भ्रष्टाचारको विरोध गर्दै सच्चा क्रान्तिकारी कम्युनिस्टहरु गोलबन्द भई संसदीय व्यवस्थाको अन्त्य गरी संघीय जनगणतन्त्रको लागि अगाडि बढ्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा जिल्लाका उदयपुर जिल्लाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सरकारका विरुद्ध चर्को नाराबाजी समेत गरिएको थियो ।