तत्काल विद्यालय सञ्चालन नगर्न स्वास्थ्य मन्त्रालय आग्रह

542
views

काठमाडौ, २६, मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले नै पठनपाठन कार्य सुरु गरेको प्रति आपत्ति जनाएको छ । मन्त्रालयले अहिले नै पठनपाठन कार्य सुरु गरेकोप्रति आपत्ति जनाउदै कक्षा सञ्चालन नगर्न आग्रह गरेको छ ।

मुलुकका विभिन्न जिल्लामा विद्यालयस्तरीय कक्षा सञ्चालन भइरहेकामा मन्त्रालयले आपत्ति जनाएको हो । मुलुक भरीका कतिपय स्थानीय तहमा विद्यालय पुनः सञ्चालन भएका छन्।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयको सिफारिसमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले निर्णय गरेपछि मात्र कक्षा सञ्चालन गर्नुपर्ने बताए। बताउनु भयो । घर मै बसिरहेका बालवालीकालाई समेत संक्रमण भएकोले बिद्यालय सञ्चालनमा ल्याए झन जोखीम बढ्न सक्ने बताउनु भयो ।

पछिल्लो समय शिक्षा मन्त्रालयले स्थानीय तहको अनुमतिमा विद्यालय सञ्चालन गर्न सक्ने निर्णय गरेपछि मुलुकभरका कतिपय स्थानीय तहमा शैक्षिक संस्था खुलेका छन् ।