दाहाल–नेपाल सुमह सातै प्रदेशमा प्रशिक्षण चलाउँदै

532
views

काठमाडौं, २६, मंसिर । सत्तारूढ दल नेकपाभित्रको विवाद विचार समुह सम्मिकरणसम्म पुगेको छ । अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो समीकरणलाई तल्लो तहसम्म लैजाने तयारी गरेका छन् । दाहाल र नेपालले आफ्ना कुरा सातै प्रदेशसम्म लैजाने तयारी अनुरुप जिल्ला संगठन समितिका सचिवसम्मको भेला गराएर प्रशिक्षण अभियान चलाउने निष्कर्षमा पुगेका हुन् ।

दाहाल–नेपालले बिहीबार काठमाडौंमा वाग्मती प्रदेशअन्तर्गत १३ वटा जिल्लाका आफूनिकट इन्चार्ज, अध्यक्ष र सचिवसम्मको भेला गरेपछि सम्मिकरण तलैसम्म पुग्ने निश्चित भएको बुझिएको छ । उक्त भेला पेरिसडाँडा कोटेश्वरस्थित जनवर्गीय संगठनहरूको सम्र्पक कार्यालयमा भएको थियो जहाँ ५० जना जिल्ला नेताको सहभागी थियो ।

दाहाल र नेपालले झन्डै चार घण्टा पार्टीको विवाद, दुवै अध्यक्षका प्रस्ताव, अबको रणनीतिलगायत विषयमा प्रशिक्षण दिएका थिए । उनीहरूले प्रधानमन्त्री ओलीसँग कुनै पनि प्रकारको सम्झौता नगरिने अडान समेत सुनाएका थिए । प्रसंगमा दाहाल–नेपालले ओली जि को काम नै तोड्ने भत्काउने र आफू रजाइँ गर्ने मात्र भएको भन्दै उहाँको भ्रमजालमा दुवै नेता नभएको स्पष्ट पारेका थिए ।

प्र।शिक्षणमा सचिवालयमा दाहालका नाममा पेस भएको प्रस्ताव बहुमत सचिवालय सदस्यको सामूहिक दस्तावेज भएको पनि बताएका थिए । ‘अहिले आएको दस्तावेज सामूहिक हो । यसलाई सामूहिक रूपमा डाफ्ट गरेरै बनाएको हो । त्यो सम्पत्ति हो। त्यो संस्थागत हो। अब यो प्रचण्ड, माधव नेपालले चाहेर फिर्ता हुने स्थिति छैन । सामूहिक दस्तावेजलाई सामूहिक रूपमा लैजानुपर्छ । प्रस्तावमा विशेषगरी कमरेड केपी ओलीको प्रवृत्तिको किटान गरिएको नेपालको भनाई थियो ।

प्रशिक्षणमा दाहाल–नेपालले अर्का अध्यक्ष ओलीले पार्टी एकतालाई पदमा जाने भर्याङका रुपमा प्रयोग गरेको पुष्टि हुन आएको बताएका थिए । दुवै नेताले प्रधानमन्त्री ओली अब पार्टी बैठक छलेर दायाँबायाँ हिँड्न नसक्ने दाबी गर्दै ओली पार्टी बैठकमा नआए पनि २८ मंसिरको स्थायी समिति बैठक नरोकिने र आवश्यक परे पार्टी विधानमा व्यवस्था रहेको बहुमत अल्पमतकै आधारमा भए पनि निर्णय गरेर जाने पनि उनीहरूको भनाइ थियो ।