प्रतिनिधिसभा विघटनविरुद्ध निर्वाचन क्षेत्रमा काँग्रेसको विरोध

647
views

काठमाडौं, १३, पुस । नेपाली कांग्रेसले आज देशका १ सय ६५ वटै निर्वाचन क्षेत्रमाप्रतिनीधि सभा विघटनविरुद्ध विरोधमा प्रदर्शनको तयारी गरेको छ ।

प्रदर्शनका लागि कांग्रेसका शीर्ष नेताहरू आफ्नो निर्वाचन क्षेत्रमा पुगिसकेको काँग्रेसले जनाएको छ ।

कांग्रेस सभापति देउवाले भक्तपुरको कार्यक्रमलाई र वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

कांग्रेस नेता गगन थापा नेपालगञ्ज र प्रवक्ता विश्वप्रकाश शर्मा काठमाडौं क्षेत्र नम्बर २ को विरोध प्रदर्शनमा सहभागी हुने भएका छन् ।

कांग्रेसले काठमाडौंका विभिन्न १५ ठाउँमा आज प्रदर्शन र सभा आयोजना गरेको छ । सभापति देउवा र वरिष्ठ नेता पौडेलले अपिल प्रकाशित गरेर प्रदर्शनमा सहभागी हुन सबै लोकतन्त्रवादीलाई आग्रह गरेका छन् ।