संसद विघटनविरुद्ध कांग्रेसको प्रर्दशन

देशलाई अफगानिस्तान बनाउन खोजिदैं छ

1090
views

काठमाडौं, १३, पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा आज काठमाडौंमा प्रर्दशन गरेको छ ।

भक्तपुर क्षेत्र नम्बर २ मा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै काँग्रेस सभापति शेरबहादुर देउवाले संसद विघटनबारे अदालतले गर्ने निर्णय आफूहरुलाई मान्य हुने बताए ।

संसद विघटन असंवैधानिक र अप्रजान्त्रिक कदम भएकाले आफूहरुले देशभर प्रदर्शन गरेको उनले बताए । तर यो विषय अदालतमा विचाराधीन भएकाले धम्क्याएर, तर्साएर यो निर्णय गर् नभन्ने बताए ।

काठमाडौंको बानेश्वरमा काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेको प्रदर्शनपछि विरोध सभामा कांग्रेस नेता प्रकाशमान सिंहले सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको बताए ।

संसद विघटनको विरोधमा सोमबार तनुहँमा भएको प्रदर्शनलाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संबोधन गरे ।

उनले प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधान मिचेको आरोप लगाउँदै ‘यो देशलाई अफगानिस्तान त बनाउन खोजिएको बताए ।

उनले भने, ‘सर्वोच्च अदालतका न्यायमूर्तिहरुलाई एउटै अनुरोध गर्न चाहन्छु, संविधानलाई राम्रोसँग पढिदिनुस् । संविधानको अक्षर, भावना र विधिदाताको मनसाय बुझ्नुस् ।’

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद् विघटन गरेको विरोधमा कांग्रेसले एकैदिन देशभरका १६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन सुरु गरेको हो ।