प्रचण्ड-माधव समूहको देशभर विरोध प्रदर्शन

851
views

काठमाडौं, १४, पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल समूहले संसद विघटनको विरोधमा आज देशभर विरोध प्रदर्शनको कार्यक्रम राखेको छ । सरकारले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रचण्ड माधव समुहले विरोध प्रर्दशन गर्न लागेको हो ।

विरोध प्रदर्शनमा ५० हजार कार्यकर्ता उतार्ने दाबी गरेको समुहले बिहान ११ बजेदेखि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुुस सुरु हुने जनाएको छ । टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर र नक्शालबाट जुलुस सुरु हुने छन् ।

यसैगरी रत्नपार्कबाट मजदुर, त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थी र प्रदर्शनीमार्गबाट युवाहरुको जुलुस निकालिने छ । ती जुलुसहरु भृकुटीमण्डपमा जम्मा हुने र शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्र राखेको छ ।