आज शक्ति प्रदर्शन गर्दै ओली नेतृत्वको नेकपा

401
views

काठमाडौं, २३, माघ । केपीशर्मा ओली समूहको नेकपाले आज शक्ति प्रदर्शन गर्दैछ । काठमाडौंको नारायणहिटी दरबार अगाडी हुने जनसभामा काठमाडौंका साथै बागमती प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकहरु सहभागी हुने भएका छन् ।

प्रतिनिधिसभा विघटन भइ निर्वाचन घोषणा गरिएको नयाँ परिस्थिति, नयाँ राजनीतिक घटनाक्रमबारे जनस्तरमा सन्देश दिन जनसभाको आयोजना गर्न लागिएको सो समुहले जनाएको छ ।

जनसभालाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत मन्त्री र नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।