ओलीको अवैधानिक निर्णय रोक्न निर्वाचन आयोगमा नेपाल समूहको पत्र

1318
views

काठमाडौं, १, चैत्र । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई हटाउन गरेको निर्णय रोक्न माग गर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूह निर्वाचन आयोगमा पुगेको छ ।

फागुन २८ गते बालुवाटारमा बसेको एमाले ओली समूहको बैठकले पार्टी विधान विपरीत अध्यक्ष र महासचिवबाहेकको सबै पद खारेज गर्ने निर्णयप्रति आपत्ति जनाएको नेपाल समूह आइतबार आयोग पुगेको हो ।

आफूहरु २०७१ सालमा भएको एमाले नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्य भएको भन्दै आयोगमा वरिष्ठ नेता नेपालसहित बहुमत स्थायी कमिटी सदस्यले पत्र बुझाएका हुन् ।

पत्रमा नेता नेपालसँगै झलनाथ खनाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, घनश्याम भुसाल, भीमप्रसाद आचार्य, गोकर्णराज विष्ट, योगेशकुमार भट्टराई, मुकुन्द न्यौपाने र सुरेन्द्र पाण्डेले हस्ताक्षर गरेका छन् ।