नेपाल र खनाललाई भेट्न प्रचण्ड कोटेश्वर पुगे

615
views

काठमाडौ, १, चैत । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसँग भेटवार्ता गर्न नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोटेश्वर पुगेका छन् ।

आइतबारदेखि शुरु भएको माओवादी केन्द्रको बैठकमा सात प्रदेश, सम्पर्क मञ्च, प्रवास र विशेष प्रदेश कमिटीका नेताहरुले बिफ्रिङ गरेपछि बैठक स्थगित गर्दै प्रचण्ड कोटेश्वर निस्किएका हुन् ।

सर्वोच्च अदालतले माओवादी केन्द्र र एमाले ब्युँताएपछि प्रचण्ड र खनाल–नेपाल अलग भएका बेला प्रचण्ड भेटवार्ताका लागि कोटेश्वर पुगेका हुन् ।

अदालतको निर्णयपछि खनाल र नेपाल एमालेमा छन् भने प्रचण्ड माओवादी केन्द्रमा फर्केर गतिविधि अगाडि बढाएका छन् ।