उपचार नपाएर बिरामीको मृत्यु

1082
views

१८ चैत्र ,बुटवल । बुटवलको तिनाउ ईन्टरनेशनल अस्पतालमा भर्ना भएका बिरामीले उपचार नपाउँदा अकालमा ज्यान गुमाउन परेको छ । सोमबारदेखि अस्पताल भर्ना भएकी सैनामैना सालझण्डीकी ४४ वर्षीया पार्वती घिमिरेको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उता अस्पताल भित्रै बेडमा परिक्षण गर्ने डाक्टर नपाउँदा मृत्यु भएको आफन्तले बताएका छन् । लगातार बमिटिङ तथा स्वास प्रश्वास लिन असहज भएपछि अस्पताल पु¥याईएको थियो ।

पटक पटक चिकित्सकलाई बिरामीको अवस्था बारेमा जानकारी गराइए पनि ढिलो आएका कारण मृत्यु भएको आरोप आफन्तले लगाएका छन् ।

उता चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको छोरी सुस्मिता बरालको भनाई छ । अहिले अस्पतालको सुरक्षा ब्यवस्था कडा पारीएको स्रोतले वताएको छ ।