अर्ध-सैनिक संरचनाको वाईसिएल ब्युँतियो

671
views

ईन्दिरा तिवारी ‘ईन्दु’
पर्वत, ३०, चैत्र । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) ब्यूँतिएको छ । सर्वाेच्च अदालतले नेकपा विभाजन गरी पुर्व एमाले र पूर्व माओवादी केन्द्रलाई आ–आफ्नै पार्टीमा फर्काईदिएपछि वाइसिएल ब्ँयुतिएको हो । तात्कालिन समयमा वाईसिएल नेकपा माओवादी केन्द्रको अर्ध सैनिक संरचनाको संगठन हो ।

जनयुद्वका क्रममा वाईसिएल सेनाकै भुमिका रहेर संगठन संरचनालाई बलियो बनाउथ्यो । यसैबीच नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य एवं नगर कमिटिका सचिव मिन बहादुर क्षेत्रीले भने ‘तात्कालिन समयमा यो जनमुक्ति सेनाकै अंग हो ।’

अहिले यो व्युँतिएको होईन क्षेत्रीले भने ‘तात्कालिन एमाले र माओवादी केन्द्रको एकताका क्रममा एकता संयोजनको भुमिका मात्र खेलेको हो, समाजवाद स्थापनाका लागि त यो अर्ध सैनिक भन्नुहोस् या युवा संगठन भन्नुहोस् यो आमुल परिवर्तनको सम्वाहक हो ।’

यसैबीच वाईसिएल पर्वतमा एक कम्पनी सहभागी वाइसिएल पुर्नगठन भएको छ । ५५ सदस्यि सम्मेलन आयोजक समिति रहेको वाईसिएल पर्वतको संयोजकमा बलराम नेपाली चयन भएका छन् ।

वाइसिएलको सदस्यहरुमा ज्ञान प्रसाद भुसाल, साजन परियार, आशिका मल्ल, भरत केसी, दिपेन्द्र कार्की, निलकण्ठ न्यौपाने, विष्णु वस्याल, शंकर हमाल कृष्ण कार्की, मिलन कोईराला, अमृत हमाल, प्शान्त न्यौपाने, ललित नेपाली, विष्णु भट्टराई, दिपक सुवेदी, सुदीप रेग्मी, किरण गुरुङ्ग, अनिल सुवेदी लगायत ५५ जना संगठित छन ।

तपाइहरुले कम्पनीकै संरचनामा वाइसिएल पूगठन गर्नु भयो नि भन्ने प्रश्नमा क्षेत्रीले भने ‘यो समाज सेवाका लागि सर्मपितयुवाहरुको संगठन हो युद्दकालिन संरचनाको वाईसिएल होईन ।