१० दिनदेखि हराइरहेकी युवती मृत भेटिइन्

440
views

काठमाडौं, १०, साउन । धादिङमा १० दिनदेखि बेपत्ता रहेकी एक युवती मृत भेटिएकी छन् । जिल्लाको गजुरी गाउँपालिका–८, पर्वाङस्थित जंगलमा २० वर्षीया सम्झना रोकाको शव भेटिएको गजुरीका डीएसपी युवराज खड्काले बताए ।

उनका अनुसार शव सडेको अवस्थामा छ । ‘जाँचका लागि शव उठाइसकेका छौं’ खड्काले भने, ‘जिल्लामै पोष्टमार्टम गर्ने कि अन्यत्र लैजाने टुंगो लागेको छैन ।’

मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्नेछ । घटनास्थलबाट उनको घर ३ सय मिटरको दूरीमा छ ।