पर्यटन व्यवसायी र मजदुरलाई खोप, एक करोडको राहत प्याकेज

771
views

पोखरा, १० साउन । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मणिभद्र शर्माले आइतबार पदभार ग्रहण गर्नुभएको छ ।

पदभार ग्रहणका लागि मन्त्रालय पुग्नु भएका मन्त्री शर्मालाई मन्त्रायलका सचिव डा.महेश्वर ढकाल, महाशाखा प्रमुख उमा गौतम कोइराला, इमनाथ कँडेल, गोकुल शर्मा पौडेल लगायतका कर्मचारीहरुले स्वागत गर्नुभएको थियो ।

पदभार ग्रहणसँगै उहाँले दुईवटा महत्वपूर्ण निर्णयहरु गर्नुभएको छ । उहाँले कोभिड प्रभावित उद्योग एवं पर्यटन व्यवसाय र त्यहाँकार्यरत मजदुरलाई खोप लगाउन सहजीकरण गर्ने निर्णय गर्नुभएको छ । त्यस्तै, पर्यटन व्यवसायीका लागि एक करोडको राहत प्याकेज विनियोजन गर्ने निर्णय गर्नुभएको छ ।

त्यस लगत्तै मन्त्री शर्माले मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । उहाँले उच्च मनोबलका साथ ढुक्क भएर कामगर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

कर्मचारी नै स्थायी सरकार हुनुहुन्छ, उहाँले भन्नुभयो, सेवाग्राहीको आवश्यकता सम्बोधन गर्ने गरी काम गर्नुहोस् ।’