एमालेले गुमायो सातवटै प्रदेश

546
views

काठमाडौं, १६, भदौ । झण्डै दुईतिहाई बहुमतको सरकार चलाएका पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ र अहंकारले सातवटै प्रदेशमा प्रतिपक्षी बनाएको छ । प्रदेश १ मा एकीकृत समाजवादीको सरकार बन्ने निश्चित प्राय भएको छ । भीम आचार्य नेतृत्वको सरकार अल्पमतमा पर्नेछ । पार्टी विभाजन भएपछि शेरधन राईले राजीनामा दिएका थिए भने माधवकुमार नेपाल समूह छाडेर आएका भीम आचार्य मुख्यमन्त्री बनेका थिए । उनी अल्पमतमा पर्ने भएका छन् ।

प्रदेश २ ः एमाले भन्दा एकीकृत समाजवादी ठूलो भएको छ हाल जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र माओवादी केन्द्रको मिलिजुली सरकार छ । प्रदेश २ मा हाल जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र माओवादी केन्द्रको मिलिजुली सरकार छ । प्रदेश २ मा पनि एमाले प्रतिपक्षी हो ।

वागमती प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीको दाबी छ । बागमती प्रदेशमा एमालेका १२ सांसदले एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् ।

गण्डकीमा एमालेले सरकार गुमाइसकेको छ । एमाले बाहेकका दलहरुले गठबन्धन सरकार बनिसकेको छ । गण्डकी प्रदेशमा पनि एमाले प्रतिपक्षी हो ।

लुम्बिनीमा शंकर पोखरेलको नेतृत्वमा सरकार थियो । माओवादीका १९, कांग्रेसको १९, जसपाका ३ र राष्ट्रिय जनमोर्चाका १ सांसद रहेको यो प्रदेशमा पोखरेल सरकारलाई विस्थापित गरेर माओवादीको नेतृत्वमा गठबन्धन सरकार बनेको छ ।

कर्णालीमा शुरुदेखि नै माओवादी केन्द्रले सरकारको नेतृत्व गरिरहेको छ । यस प्रदेश पनि एमालेले गुमाएको छ ।

सुदूरपश्चिम प्रदेशमा एमालेभन्दा एकीकृत समाजवादी ठूलो छ । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १० सांसदले एकीकृत समाजवादी रोजेका छन् । ५२ सदस्यीय प्रदेशसभामा माओवादीको १३, कांग्रेसको १२, जसपाका २ छन् र माओवादी केन्द्र नेतृत्वको सरकार छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्र हुँदै प्रदेशहरु गुमाए । एमाले सरकार ढलेको घटना देखिरहेका ओली नेतृत्वको एमाले अब सातै प्रदेशको प्रतिपक्षी हो ।