इटालियन सिरी ’ए’ फुटबलमा नापोलीको पाँचौं जित

461
views

काठमाण्डौ । इटालियन सिरी ’ए’ फुटबलमा नापोलीले लगातार पाँचौं जित निकालेको छ ।गएराति भएको खेलमा साम्पडोरियालाई ४-० गोल अन्तरले पराजित गर्दै नापोलीले जितको यात्रा कायम राखेको हो ।

नापोलीको जितमा भिक्टर ओसिमहेनले दुई गोल गरे । फाबियन र पिओटर जिलिनिस्कीले एक/एक गोल गरे ।

खेलको दशौँ मिनेटमा भिक्टरले गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । जितसँगै नापोलीले ५ खेलमा १५ अङ्क जोडेको छ । साम्पडोरिया ५ अङ्क जोडेर १३ औं स्थानमा रहेको छ ।