जाजरकोटमा मिनी ट्रक दुर्घटना, २ को मृत्यु, एक जना बेपत्ता

454
views

जाजरकोट, १९, कात्तिक । जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना बेपता भएका छन् भने सात जना घाइते भएका छन् ।

बिहीबार राति ११ बजे सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा ५ ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा दिलबहादुर शाही र अर्का एक जनाको नाम खुलेको छैन ।

दुर्घटनामा परी घाइते भएका आसिका खड्का, करिश्मा रावत, जुनिचाँदेका दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का रहेको प्रहरीले जनाएको छ । घाइते धनबहादुर चालक हुन् ।