दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी

570
views

दैलेख, १, बैशाख । दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

माओवादी केन्द्रका छविराम सुवेदीले २ हजार ६०० मत ल्याएर निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाले जानकारी दिइन् ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका भदे बुढामगरले २ हजार ५४४ भोट प्राप्त गरेका छन् । उपाध्यक्षमा एकीकृत समाजवादीका गंगाबहादुर शाही २ हजार ८३४ मतले निर्वाचित भएका छन् ।