बजेट पारित भएपछी संसदमा नागरिकता विधेयक पेस हुन्छ ः प्रधानमन्त्री देउवा

334
views

जेठ, ३०, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित भएपछाडी संसदमा नागरिकता विधेयक पेस गर्ने वताएका छन् ।आज बिहान लोकतान्त्रिक समाजवादीका नेताहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले नागरिकता विधेयक छिट्टै पास हुने आश्वासन दिएका छन् ।

जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता दिनुपर्ने लगायत माग सहित यसअगाडी लोसपाका नेताहरुले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका थिए । तर अहिलेसम्म पनि नागरिकता विधेयक ल्याउने विषयमा कुनै प्रगति नभएको भन्दै बिहान फेरि प्रधानमन्त्रीलाई भेट्न गएको लोसपा नेता लक्ष्मणलाल कर्णले वताए ।

यसैगरी मधेश आन्दोलन लगायत विभिन्न आन्दोलनका क्रममा पक्राउ परेर थुनामा रहेकालाई थुनामुक्त र मुद्दा फिर्ताको विषयमा लोसपाका नेताहरुले प्रधानमन्त्री देउवासँग छलफल गरेका छन्।