एसपीपीबारे सञ्चारमाध्यममा आएको कागजात सरकारी नभएको प्रधानसेनापति शर्माको दाबी

270
views

असार ३ ,काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले एसपीपीबारे सञ्चारमाध्यममा आएको कागजात सरकारी नभएको दाबी गरेका छन् ।

शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै प्रधानसेनापति शर्माले सञ्चारमाध्यममा आएको कागजात सरकारी नभएको दाबी गरेका हुन् ।
शर्माले नेपाली सेनाले जस्तौसुकै परिस्थितीमा नेपाली जनताको भावनाबिरुद्ध काम नगर्ने ठोकुवा गरेका छन् ।


एसपिपी लाई लिएर नेपालको एकता, नेपाली जनताले बुझेको कुरालाई भ्रम पार्ने हिसावले केही व्याक्ति र तत्वहरुले उचालेकोमा शर्माले दुख व्यक्त गरे ।

प्रधानसेनापति शर्माले एसपीपी कुनै पनि हालतमा नेपाललाई काम नरहेको भन्दै मानवीय सहायता बाहेक सैन्य सहायतामा समावेश हुने कुरा नेपाली सेनालाई मान्य नहुने जिकिर गरे ।
शर्माले नेपाली सेनाले २७ अक्टोबर सन् २०१५ मा एसपीपीलाई लेखेको पत्र भूकम्पका बेलामा मानवीय सहयोगका लागि मात्र लेखिएको स्पष्ट पारे ।

शर्माले उक्त पत्रमा कुनै पनि सैन्य सम्झौतामा जोडिने कुरा उल्लेख नरहेको भन्दै सैन्य सम्झौतामा जोडिने कुरा नेपाली सेनालाई स्वीकार्य नहुने वताए ।

प्रधानसेनापति शर्माले त्यसपछिका दिनमा पनि दुईवटा चिठी लेखिएको तर उक्त चिठी अमेरिकी सरकारबाट एउटा राज्यको स्टेट पार्टनरसिप प्रोग्राममा दिइने फण्डका लागि मात्रै भएको स्पष्ट गराए ।

शर्माले उक्त फण्डले हालसम्म नेपाली सेनालाई विपद्का बेला आवश्यक पर्ने औजारहरु मात्रै सहयोग गरेको र कुनै गोलीबारुद नदिएको दाबी समेत गरेका छन् ।

शर्माले नेपाली सेनाले नेपालको परराष्ट्रनीतिको बरखिलाफ हुनेगरी कहिल्यै सम्झौता नगरेको भन्दै
तत्कालीन रुपमा एसपीपीको उद्देश्य कुनैपनि सैन्य सम्झौता हुने गरेर नभएको जिकिर गरे । शर्माले सन् २०१९ मा आएर इण्डोप्यासिफिक स्टाट्रेजीसँग मिसिने डरले सरकारसँग यसलाई रिभ्यू गर्नुका लागि औपचारिक चिठी लेखेको पनि जानकारी गराए ।

प्रधानसेनापति शर्माले नेपाली सेना असंलग्न परराष्ट्रनीतिको बारेमा गम्भीर रहेकोले आगामी दिनमा पनि सैनिक पार्टनरसिप नहोस्, नबनियोस्, हुन नपरोस् भन्ने कुरालाई ध्यानमा राखेर नेपालको परराष्ट्रनीति र छिमेकीलाई ध्यानमा राखेर काम गर्ने विस्वास व्यक्त गरे ।

शर्माले एसपीपीको विषयमा नेपाली सेनाले कुनै सम्झौता नगरेको भन्दै यसलाई अतिरञ्जित नगर्न सवैमा आग्रह समेत गरेका छन् ।