प्रतिनीधी सभाका सात वटा क्षेत्रको नतिजा आउन बाँकी

511
views

पर्वत, १३, मंसिर । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये अब ७ वटा क्षेत्रको अन्तिम परिणाम आउन बाँकी रहेको छ ।

उदयपुर–१, धनुषा–२, सुनसरी–३ र सुनसरी–४ मा मतगणना जारी छ भने बाजुरा र स्याङ्जा–२ मा दलहरुबीच विवाद हुँदा अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन । मंसिर ४ मै निर्वाचन भएको दोलखाका १० निर्वाचन केन्द्रमा बुथ कब्जा भएको भन्दै निर्वाचन आयोगले आगामी बिहीबार पुन: मतदान गर्ने भएको छ ।

अहिलेसम्म घोषित परिणाममा नेपाली कांग्रेस ५३ स्थानमा विजयी भएको छ । नेकपा (एमाले) ४२ सिट, नेकपा (माओवादी केन्द्र) १७, नेकपा (एकीकृत समाजवादी) १०, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी ७/७ स्थानमा विजयी भएका छन् ।

त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ३, नेमकिपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चाले एक/एक स्थानमा जित हासिल गरेका छन् । यस्तै ५ ठाउँमा स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् ।