स्रोता दर्शक माझ ‘काली पुल तरेर’ (भिडियो सहित)

774
views

अर्जुन क्षेत्री । अमेरिका बसेर लोकदोहोरीमा योगदान गरेका शव्द सर्जक दिपक केसीको शव्दमा ईश्वर सिंहको लय र सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको पञ्चेबाजा ‘लाली फुल छरेर, वाग्लुङ तिर जाउँ हिड मायाले काली पुल तरेर, भन्ने बोलको कर्णप्रिय गित स्रोता दर्शक माझ आएको छ ।

ईश्वर सिंहको लय, दिपक केसीको शव्द, ईश्वर सिंह र सुनिता बुढा क्षेत्रीको स्वरमा सजिएको उक्त गित भर्खरमात्रै अमेरीकाबाट सार्वजनिक भएको हो । उक्त गित दिपक युटुव च्यानलबाट स्रोता दर्शकमा आएको हो ।

मौलिक संस्कृतिमा आधारीत रहेको उक्त गितको छायाँकन नेपालमै गरिएको हो ।

‘काली पुल तरेर’ पञ्चेबाजाको ऐरेन्ज आसिष अविरल, निर्देशन दिलिप रेग्मी, अभिनय सारीका केसी र सुजन केसीले गरेका छन् ।

उक्त गितको व्यवस्थापन निर क्षेत्रीले गरेका हुन् ।