जिम्बावेविरुद्ध नेपालको सय रन पूरा

459
views

काठमाडौं, ३, असार । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत घरेलु टोली जिम्बावेविरुद्ध नेपाली ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका ओपनर ब्याट्सम्यान भुर्तेलले ७१ बलको सामना गर्दै ८ चौका र १ छक्काको मद्धतले ६० रन जोडेका छन् ।

यस्तै, अर्का ओपनर आशिफ शेखले ६६ बलमा ३३ रन जोड्दै भुर्तेललाई साथ दिइरहेका छन् ।

हरारे स्पोर्टस् क्लबमा भइरहेको खेलमा नेपाल ताजा अवस्थामा २२ ओभरको खेल सकिँदा शून्य विकेटको क्षतिमा १ सय ४ रन जोडेको छ ।