बर्दियाको ठाकुरबाबा डुबानमा

396
views

बर्दिया, २३, साउन । अविरल वर्षाका कारण बर्दियाको ठाकुरबाबा नगरपालिका डुबानमा परेको छ । स्थानीय खोला र बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको बाढीका कारण ठाकुरबाबा नगरपालिकाको वडा नम्बर २, ७ र ८ मा पर्ने विभिन्न गाउँका ६० भन्दा बढी घर डुबानमा परेको वडा नं २ का अध्यक्ष कमल चपाईँले बताए ।

नगरपालिकाको वडा नम्बर २ मा पर्ने आम्बासा गाउँका ३५ वटाभन्दा बढी घर डुबानमा परेका छन् । वडा नम्बर ७ को कर्मेला टोल र ८ भुडकैया कालीगौडी आसपासका टोलका केही घर डुबानमा परेका नगरपालिकाकी उपमेयर विनाकुमारी भट्टराईले जानकारी दिईन् ।

डुवानमा परेको वस्तीमा उद्वारका लागि नगरपालिकाबाट मेयर तिलकराम लम्साल, उपमेयर विनाकुमारी भट्टराईसहित वडाअध्यक्ष, वडा सदस्य, स्थानीय समाजसेवी र स्थानीयबासिन्दाहरु डुबानमा परेकाहरुको उद्धारमा खटिएका छन् । डुबानमा परेकाहरुलाई रोबर बोटको सहायतामा उद्धार गरी सुरक्षित ठाउँमा राखिएको छ ।