तेस्रो राष्ट्रिय मगर महोत्सवको तयारी पुरा

198
views

नम्रता लामिछाने
पर्वत, १५, फागुन । पर्वतमा आयोजित तेस्रो राष्ट्रिय मगर महोत्सवको तयारी पुरा भएको छ । मंगलवारदेखि २६ गतेसम्म गरी १२ दिनसम्म सञ्चालन हुने महोत्सवको तयारी पुरा भएको हो । मंगलवार दिउँसो १ बजे पुर्व स्वास्थ्य मन्त्री तथा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले महोत्सवको उद्घाटन गर्ने भएका छन् ।

स्थल निर्माण, स्टेज निर्माण, स्वागत द्धार तथा रमाईलो मेलाका सवै तयारीहरु सकिएको सोमवार महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा पुन युवा क्लवका अध्यक्ष तथा महोत्सवका मुल संयोजक कृष्ण पुनले जानकारी दिए ।

महोत्सव स्थलमा २ सय २० वटा विभिन्न व्यावसायिक, कृषि तथा घरेलु उद्यमका स्टलहरु रहनेभएका छन् भने १४ वटा होटल ब्यावसाय रहेका छन् । सवै स्टलहरु बुक भैसकेको आयोजकले जनाएको छ ।

महोत्सवका प्रवेश गर्नका लागि सर्वसाधारणलाई १ सय, विद्यार्थीका लागि ६० रुपैयाको टिकट र वृद्धका लागि निशुल्क व्यवस्था गरिएको छ ।

‘कला संस्कृतिको सम्वद्र्धनमा ऐक्यवद्धता, खेल, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धनमा मुख्य प्रतिवद्धता’ भन्ने मुल नाराका साथ सञ्चालन गर्न लागिएको महोत्सवमा मोफसलकै सवैभन्दा ठुलो पुरस्कार राशिको खुल्ला अन्तरपालिका भलिवल प्रतियोगिता आयोजना गरिएको छ ।

जसको प्रथम, द्धितिय र तृतिय पुरस्कार रु।दूई लाख दुई हजार २२२, द्धितिय रु। एक लाख एक हजार १११ र तृतिय पुरस्कार रु ५० हजार १११ रहेको छ । त्यसैगरी पालिका स्तरीय महिला भविबल प्रतियोगिता, प्रौढ भलिवल प्रतियोगिता, पुख्र्यौली नाच प्रतियोगिता, रत्यौली र लोकभजन प्रतियोगिता आकर्षणको रुपमा रहेका छन् ।

महोत्सवमा ५५ लाख रपैयाँ खर्च र ७५ लाख रुपैया आम्दानी हुने अपेक्षा गरिएको आर्थिक संयोजक गणेश पुनले जानकारी दिए ।