नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा म्याग्दीका श्रेष्ठ विजयी

2084
views

निर्मल पौडेल
पर्वत, ३०, चैत । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनमा म्याग्दीका भूतपूर्व अध्यक्ष प्रमोद श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा निर्वाचित भएका छन् ।
जिल्ला तथा नगर तर्फबाट म्याग्दीका श्रेष्ठ केन्द्रिय उपाध्यक्षमा निर्वाचित भएका हुन । अघिललो निर्वाचनमा खुल्ला तर्फबाट केन्द्रिय सदस्यमा निर्वाचित श्रेष्ठ यसपटक उपाध्यक्षमा निर्वाचित भएका छन् ।

उनको विजयलाई म्याग्दी जिल्लाको मात्र नभई नगर उद्योग वाणिज्य संघ विजयी भएको म्याग्दी उद्योग वाणिज्य संघका साधारण सदस्य धनन्जय कुमार श्रेष्ठले बताएका छन ।

जिल्ला नेतृत्व हुँदै केन्द्र सम्म पुगेका श्रेष्ठको विजयलाई उद्योगी व्यपारीको विजय भएको म्याग्दीवासीले बताएका छन । उनको कार्यकालको सफलतासँगै  परिवर्तनको अपेक्षा गरिएको उनका समकक्षीहरुले बताएका छन ।