प्रदेश र संसदको चुनाव मंसिर १० गते गर्ने सरकारको निर्णय

700
views

काठमाडौं, ५, भदौ । सरकारले प्रदेश सभा संघीय संसदको चुनाव आगामी मसिंर १० गते गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रीपरिषदको बैठकले संघ र प्रदेशको चुनाव एकै दिन गर्ने सहमति गरेका हुन् । यस अघि निर्वाचन आयोगले फरक फरक दुई मितिमा चुनाव गर्ने प्रस्ताव गरेतापनि दलीय सहमतिको आधारमा एकै दिन अर्थात मंसिर १० गते चुनाव गर्ने सरकारले निर्णय गरेको हो । बैठकपछि बोल्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आगामी मंसिर १० मा दुवै तहको चुनाव गर्ने निर्णय गरेको बताएका छन् ।