प्रदेश नं २ का मतकेन्द्रमा मतदाताहरूको सहभागिता

783
views

असोज, २ गते । प्रदेश नं २ का आठ जिल्लामा १३६ स्थानीय तहका विभिन्न पदका लागि भएको निर्वाचन अन्तर्गत आज बिहानबाट मतदाताहरुले उत्साहपूर्णि तरीकाबाट मतदान गरिरहेका छन् ।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले दिएको जानकारी अनुसार अधिकांश मतदान केन्द्रमा मतदाताको घुइँचो लागिसकेको छ । तराई–मधेशमा दिउँसो गर्मी हुने भएकाले पनि मतदाताको बिहान उत्साहपूर्ण सहभागिता देखिएको निर्वाचन आयोगले जनाएको छ । आज अपरान्ह ५ः०० बजेसम्म मतदान केन्द्रमा प्रवेश गरेका मतदाताले मतदान गर्नेछन् ।