जन्मको आधारमा मलाई समाजले चिन्ने जात क्षेत्री, पूर्वजहरु ब्राह्मण

795
views

–रिना खनाल
मेरो जन्मको आधारमा समाजले चिन्ने जात क्षेत्री हो, पूर्वजहरु बाह्मण । मेरा गाँउमा कसैले थरका आधारमा यो त्यो जात भनेर भेदभाव गरेको मलाई थाहा छैन । अनि अर्को कुरा, कथित तल्लो जातका भनेर चिनिने दमाई र कामी घरमा आवश्यक कार्य गर्ने सिलसिलामा आउने गर्नाले पनि जातबारे त्यस्तो खासै चासो नै भएन । खेल्न उनीहरुकै साथमा खेलियो । यसकारण पनि हुनसक्छ भेदभाव हुन्छ भन्ने मैले थाहै पाइनँ । बाहिरबाट आएका कोही पनि घरभित्र पस्दैनथे । हाम्रो घरमा कथित उपल्लो जातका आएपनि तल्लो जातका आएपनि घरको पिँढीमै बस्ने चलन थियो । त्यसकारणले हुन सक्छ, भेदभाव महसुस भएन ।

बाहिरबाट आएका कोही पनि घरभित्र पस्दैनथे । हाम्रो घरमा कथित उपल्लो जातका आ पनि तल्लो जातका आएपनि घरको पिँढीमै बस्ने चलन थियो । त्यसकारणले हुन सक्छ, भेदभाव महसुस भएन ।

नुवाकोटको जुन गाउँमा म जन्में र हुर्कें, त्यहाँ सबै वर्णका मानिस मिसमास बसेका छन् । त्यही गाउँमा पृथ्वीनारायण शाहको दरबार छ । पृथ्वीनारायणले नुवाकोट टाकुरा विजय गरे पश्चात् नुवाकोटमा प्रशासनिक राजधानी बनाएर कार्यको थालनी गरे । त्यसकारण शुरुबाटै हाम्रो गाउँ सबै मिलिजुली बस्ने किसिमको भएको हो । त्यहाँ बस्नेहरुले यसको इज्जत आमद, वैभव र उच्चतम् मर्यादालाई आत्मासात गर्दै अघि बढीरहे ।

नुवाकोट मण्डलामा ऐतिहासिक साततले दरबार छ । यहाँ त्यही परिसरको कुरा गर्दैछु । मालिका मन्दिरको फेदमा सुनार, मगर त्यसपछि बीचमा ब्राह्मण, क्षेत्री तथा कालिका मन्दिरको पश्चिमतर्फ तामाङ, बीचमा मगरसँगै क्षेत्री लगायत अर्याल खलक, फेरि बीचमा ब्राह्मण परिवारको बसोवास छ । तोपखाना परिसरमा सुनार छन् । दरबार परिसर लगायत भेगमा ब्यापारमा माहिर मानिने नेवारहरुको बाहुल्य छ । देवी भैरवी मन्दिरको दक्षिणी भागमा कसाई (मासु तथा फलफूलको व्यापार गर्ने नेवारको एक जात) रहेका छन् । त्यो भन्दा पश्चिमी भागमा ब्राह्मणको आफ्नै परिसर रहेको छ ।

नुवाकोटको इन्द्रचोकबाट त्रिशूली झर्ने बाटोेमा हेर्दै जाने हो भने बीचमा आगन्तुक जात देख्न सकिन्छ । दरबारको पश्चिमबाट तलतर्फ दमाहा बजाउने दमाईहरुको थातथलो रहेको छ । त्यसपछि अलि तल्लो भेगमा मिजार तथा सार्की (जुत्तासम्बन्धी कार्य गर्ने र वादीहरु बाजासम्बन्धी कार्य गर्नेको) समेत बसोवास छ । त्यस्तै काजी खलक भनिने बस्नेत, पाण्डे, खड्काको बसोवास पनि त्यतै बीचैमा पर्छ ।

जातको कुरा गर्दा मल्लकालमा जयस्थिति मल्ल (१४११–१४५१) ले मानिसको गुण र क्षमताका आधारमा कार्यगत वर्ग विभाजन गरेका थिए । त्यतिबेला जात नभएर सीपको पहिचान गर्न सहज होस् भन्ने हेतुले कार्यविभाजन गरिएको थियो । मान्छेले आफूले जाने अनुरुप धर्मकर्म गर्थे र समुदायमा राम्रा नराम्रा कार्यका बारेमा समुदाय भेला भएर नै समाधान गर्थे ।

ब्राह्मण, क्षत्री, वैश्य र शुद्र सही अर्थमा जात होइन, वर्ण हुन् र यी चार प्रकारको कार्यविभाजनलाई वर्ण व्यवस्था भनिन्छ । यसबारे गीतामा योगेश्वर श्रीकृष्णले बडो सुन्दर ढंगले भन्नुभएको छ, चातुवण्र्य मयासृष्ट गुण कर्म विभागशः अर्थात् व्यक्तिको गुण र कर्मअनुसार चार वर्ण बनाइएका छन् । यसबाट के प्रस्ट हुन्छ भने वर्ण जन्मका आधारमा नभएर व्यक्तिका गुण र कर्मका आधारमा निर्धारित हुने गर्दथ्यो । तर व्यवहारतः कालान्तरमा यो व्यवस्था रुढ बन्न गएर जन्ममा रुपान्तरित भयो ।

ब्राह्मण, क्षत्री, वैश्य र शुद्र सही अर्थमा जात होइन, वर्ण हुन् र यी चार प्रकारको कार्यविभाजनलाई वर्ण व्यवस्था भनिन्छ । यसबारे गीतामा योगेश्वर श्रीकृष्णले बडो सुन्दर ढंगले भन्नुभएको छ, चातुवण्र्य मयासृष्ट गुण कर्म विभागशः अर्थात् व्यक्तिको गुण र कर्मअनुसार चार वर्ण बनाइएका छन् ।

हामीले वर्णको आधारमा बनाइएको वर्ग व्यवस्थालाई नबुझेर जन्मको आधारसंग जोडेर हेर्ने गरेका छौ । पेशा थपिदै गए र त्यही अनुसार पेशाकै आधारमा जातको नाम र त्यसको तह निर्धारण गरिएको पाइन्छ । जस्तै कर्मीबाट कामी, दमाहा बजाउने दमाही हुदै दमाई, बाजाको काम गर्ने बादी, गाउनेबाट गाइने, छालाको काम गर्ने सार्की ‐सराक भन्ने स्थानबाट फैलिएको सराकीबाट सार्की भएको भन्ने पनि गरिन्छ सुनको काम गर्ने सुनार आदि आदि । यसै रुपमा विकसित हुँदा कामअनुसार जात बन्न गएको भनेर बुझ्न सकिन्छ । तर यस अनुच्छेदमा भनिएका जातलाई किन र के कारण तल्लो जात भनियो यसबारे विभिन्न मत छन् ।

वास्तवमा थर निश्चित ब्यक्तिको पारिवारिक परिचय हो वंश र थर । पेशा र कामको आधारमा दिइएको पदलाई समाजले अन्ततः जातमा परिणत गर्नु जन्मकै आधारमा पूर्वजका पेशाका रुपमा नै सन्ततीलाई सँधैभरी उसको पूवर्जकै कामको रुपमा नै हेय अथवा उच्च दृष्टिले हेर्ने गरिएको छ । त्यसमाथि राज्यले पनि त्यही हिसावमा नै जातको वर्गीकरण गरिदिंदा प्रकारान्तरमा जात प्रथाले स्थायित्व पाएको स्विकार्नै पर्छ ।

साँच्चै नै यदि जातीय भेदभाव अन्त्य गर्ने हो भने सर्वप्रथम, सबै मानिस जन्मले समान हुन् भन्ने मान्यता स्विकार्नु र तदनुरुप नै राज्यले नियम, कानुन, ऐनको तर्जुमा गर्नु पर्छ । हामी मिलीजुली बस्ने समाज हौं र यहाँ आआफ्नै चलन, रीतिथिती, रिवाजहरु छन् । ती यथास्थानमा ठीक छन् तर सार्वजनिक जीवन र स्थानमा कुनै किसिमको भेदभावलाई प्रश्रय दिनु हुँदैन । मैले शुरुमै नुवाकोटको आफ्नो गाउँको उदाहरण दिएको त्यसै होइन । यहाँको सौहार्दता, सामाजिक समरसता उदाहरणीय र अनुकरणीय छ भनेर हो ।

जातीय भेदभाव कम गर्दै लैजान देशमा मेरै गाउँजस्तै उदार अरु ठाउँ पनि छन्, तिनको प्रचार प्रसार हुनुपर्छ । सहनिवासको मान्यता प्रवर्धन गर्नु पर्छ, प्रोत्साहन गर्नु पर्छ । जातपात इतिहासको कुनै कालखण्ड र परिस्थितिमा चलन चल्तीमा आयो, त्यो क्रमशः प्रथा भयो तर अब प्रथा बोकेर हिंड्न सकिंदैन र हुँदैन पनि । परिवर्तित हुनुपर्छ । सबै मानिस जन्मले समान हुन्, मिलिजुली बसौं भन्ने मान्यताको प्रर्वधन गर्नुपर्छ ।