हल्देकालिका महिला विकास वहुउदेश्यीय सहकारी संस्थाको सातौ वार्षिक साधारण सम्पन्न

1449
views

नुवाकोट, २५ असोज । सूर्यगढी गाउँपालिका–४ नुवाकोटमा स्थापित हल्देकालिका महिला विकास वहुउदेश्यीय सहकारी संस्थाको सातौ वार्षिक साधारण सम्पन्न भएको छ । सो अवसरमा संस्थाको नवनिर्मित भवनको नेपाली काँग्रेसका युवा नेता रमेश कुमार महतले उद्घाटन गर्नुभएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै नेता महतले सहकारी सामाजिक भावनाले ओतप्रोत भई समाजकै हितका निमित्त स्थापना हुने बताउनुभयो । उहाँले सहकारीको प्रगतिले नुवाकोटवासी नै लाभान्वित भएको भन्दै सहकारीले समाजका निमित्त पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।
सो अवसरमा नेता महतले मुलुक अहिले विषम अवस्थाबाट गुज्रिएको र नाटकीय रुपमा भएको बाम एकताले अधिनायकत्वको खतरा बढेकोले त्यसतर्फ सबै सचेत हुनुपर्ने बताउनुभयो ।
उहाँले सरकार र नेपाली काँग्रेसलाई बाम एकताले कुनै पनि प्रभाव नपार्ने भन्दै लोकतन्त्रलाई संस्थागत गर्नुपर्नेमा विशेष जोड दिनुभयो ।
सातौ बार्षिकी साधारण सभाको सभापतित्व संस्थाकी अध्यक्ष सीता गिरिले गर्नुभएको थियो । सो अवसरमा उहाँले महिला अध्यक्ष रहेको सहकारी नुवाकोटमा सफल भएको अवस्थामा उक्त सफलतालाई थप उचाईमा विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।