भूमिसुधार कार्यालय सप्तरीका प्रमुख घुस लिंदालिंदै पक्राउ

610
views

राजविराज, २६ असोज । भूमिसुधार कार्यालय सप्तरीका प्रमुख प्रकाशप्रसाद पोखरेल १ लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पोखरेललाई पक्राउ गरेको हो । उनले मोही मुद्दा लडिरहेका व्यक्तिसँग घुस लिएको अख्तियार इटहरीका एसपी किसनसिंह थापाको भनाई छ ।