एक महिनापछि दम्पत्ती हत्यामा संलग्न सार्वजनिक

111
views

नवदृष्टि संवाददाता
पर्वत, २० वैशाख

एक महिनापछि जिल्लाको जलजला गाउँपालिका वडा न २ मा भएको दम्पत्ति हत्या संलग्न दुईजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतले बिहिबार पत्रकार सम्मेलनगरी हत्यामा संलग्न पर्वत जिल्ला जलजला गाउपालिका वडा न २ नेपाने वस्ने ३२ बर्षका कृष्णबहादुर विश्वकर्मा र पर्वत जिल्ला कुश्मा नगरपालिका वडा न २ खुर्कोट घर भई जलजला गाउपालिका वडा न २ बौरमा बस्ने दिपक दर्जीलाई प्रहरीले प्रहरीले सार्वजनिक गरेको हो ।
जिल्लाको जलजला गाउपालिका वडा न २ मा ६९ बर्षका सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ बर्षिया गमला जिसीको चैत १९ गते राती हत्या भएको थियो । विक म्याग्दीबाट दर्जी हाल पोखराबाट पक्राउ परेका थिए ।
रातीको समयमा विभिन्न बहान बनाएर घरमा गई सुन तथा धनमाल लुटपाटको कारण दम्पत्तिको हत्या भएको प्रहरीको निश्कर्ष रहेको छ ।
यसैगरी प्रहरीले हत्यामा सग्लन्नहरुले लुटपाट गरेको सुनलाई खरिद तथा तथा सुन गाल्नमा सग्लन्नहुने थप २ जनालाईपनि नियन्त्रणमा लिएको छ ।
पर्वत जिल्ला जलजला गाउपालिका वडा न १ घर भइ हाल कास्की जिल्ला पोखरा महानगरपालिका वडा न २५ हेम्जामा डेरा गरेर बस्ने बर्ष ६० का कर्णबहादुर विक यसैगरी बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा न ७ घर भइ वागलुङकै वडा न २ लोकतान्त्रिक चोकमा रहेको पूर्णिमय सुनचादी पसलका सञ्चालक परशुराम विकलाई सुन खरिद गरेको आरोपमा नियन्त्रणमा लिएको छ ।