जापानी विदेशमन्त्री कामीकावा नेपालमा

31
views

नवदृष्टि संवाददाता
२३, बैसाख

काठमाडौ । जापानी विदेशमन्त्री कामीकावा योको एक दिने भ्रमणका लागि नेपाल आइपुगेकी छन् ।
परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा नेपाल आईपुगेकी कामीकावा योको विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी थिइन् ।
भ्रमण तालिका अनुसार विदेशमन्त्री योकोले २ः३० बजे दरबार स्क्वायरको भ्रमण गर्नेछिन् भने तीन बजे परराष्ट्र मन्त्रालयमा मन्त्री श्रेष्ठस“ग दुई पक्षीय वार्ता हुनेछ ।
३ः३० बजे मण्डला बुक प्वाइन्टको अवलोकन गरेपछि चार बजे प्रधानमन्त्री प्रचण्डस“ग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई पक्षीय शिष्टाचार भेटघाट हुने बताइएको छ ।
त्यसपछि सा“झ ६ बजे परराष्ट्र मन्त्री श्रेष्ठले सोल्टी होटलमा दिने रात्रिभोजमा विदेश मन्त्री योको सहभागी हुने छिन् । डिनरपछि सा“झ ७ बजे राष्ट्रपतिस“ग मन्त्री कामीकावाले भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति पौडेलस“गको भेटघाटपछि ८ः३५ बजे जापानी पत्रकारहरुसग भेटघाट पछि राति १० बजे जापान फर्किने कार्यक्रम रहेको छ । परराष्ट्रका प्रवक्ता अमृतबहादुर राईले विदेश मन्त्री योकोको नेपाल भ्रमणकोे मैत्रीपूर्ण भ्रमण भएको र भ्रमणको क्रममा दुई देश बिचको सम्बन्ध, विकास निर्माण, जापानी सहयोग लगायतका विषयमा कुराकानी हुने जनाएका छन् ।
सन् २०१९ पछि विदेश मन्त्रीका रुपमा योकोको पहिलो नेपाल भ्रमण हो । नेपाल र जापानबिच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । जापानबाट विदेश मन्त्री स्तरबाट भएको चौथो भ्रमण रहेको छ ।