हल्का वर्षाले राहत महशुस, केहीदिन हल्का वर्षाकै सम्भावना

83
views

नवदृष्टि संवाददाता
पर्वत, २३ बैशाख
बढ्दो गर्मी र खडेरीका कारण वन डडेलो, धुलोधुुवा, खानेपानी देखि अन्नबालीमा पारीरहेको असरले जनजीवन प्रभावित पारिरहेको बेला पर्वतमा आज आईतबार हल्कावर्षाले राहत महशुस गरीएको छ ।
ठाउठाउमा दैनिकजसो आगलागीका घटना हल्लावर्षाले कमी ल्याउने स्थानियले हल्कावर्षा भएपछि धेरै राहत महशुस गराएको बताएका छन् । वर्षा नहुदा पर्वतका ठाउठाउमा महादेवको स्तुती तथा भजनकृत समेत गरेका थिए ।
मौसम तथा पुर्वाअनुमान शाखाले भने, अझै भोली र पर्सीपनि हल्ला वर्षाको सम्भावना देखाएको छ । मौसम तथा पुर्वाअनुमान शाखाले जनाए अनुसार कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।